बालेन शाहले ७०८९ मत ल्याउदा स्थापित ३७४६ मतमा सिमित
काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् ।
स्वतन्त्र उम्मेदवार साह ७ हजार ८९ मतसहित अग्र स्थानमा छन् । एमाले उम्मेदवार केशव स्थापितले हालसम्म ३ हजार ७४६ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ३ मत ल्याएकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले अहिलेसम्म ६ हजार ३४६ मत सहित अग्र स्थानमा रहेछि छन् । उनलाई रामेश्वर श्रेष्ठले १ हजार ६९० मत सहित पछ्याइरहेका छन् ।













