ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउने: मंत्री यादव
काठमाडौं । कृषि तथा पशुपंछी विकास मंत्री महेन्द्र राय यादवले सुचना प्रविधीको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने उगघोष गर्नु भएको छ । उक्त कुरा मंत्री यादवले आज राजधानीमा आयोजीत लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षातं समारोहमा बताएका हुन ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मंत्री यादवले दिक्षीत विद्यार्थीहरुलाई नेपाल मै बसेर कृषि क्षेत्रमा सुचना प्रविधीको प्रयोग गरेर नेपाललाई कृषिमा आयतमुखि मुलुकबाट परिवर्तन गरी निर्यातमुखि मुलुकमा परिणत गर्न आव्हान गनृुभयो । उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एपीयु सँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताए ।
मुलुक कै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा गर्व लागेको कुरा कार्यक्रमको अध्यक्षता गरीरहेका कलेजका अध्यक्ष पंकज जालानले भने ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा मै अन्तरराष्ट्यि स् सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तरराष्ट्यि शिक्षा उपलब्ध गराउदैं आएको छ ।
१५० जना विद्यार्थी दिक्षित भएको यस कार्यक्रमा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिनु भएको थियो ।













