निर्वाचन अपडेट: देशभर नेपाली कांग्रेस २५२ स्थानमा बिजय, एमालेले १६३ स्थानमा जित्दा माओवादी १०५ स्थान सिमित
काठमाडौं । देशभर बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै आजसम्म ५६७ पालिकाको मतपरिणम आइसकको छ । अहिले देशभरको नजिता हेर्दा नेपाली काग्रेंस पहिलो रहेको छ भने नेकपा एमाले र माओवादी क्रमश दोस्रो र तेस्रो रहेका छन् । एमालेबाट छुटिएर अलग भएको समाजवादीले भने नराम्रा हार बेहोरेको छ । उक्त पाटी अहिले ५औं स्थानमा रहेको छ ।
देशभर नेपाली कागे्रसले मेयरमा २५२ पालिकामा जित हासिल गरेका छ भने ६८ स्थानमा आजै अग्र स्थानमा रहेको छ । नेपाली कागे्रसलाई पछ्याउदै नेकपा एमालेले १६३ स्थानमा जित हासिल गदा ३६ स्थानमा भने अग्रता कायम गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको माओवादीले १०५ स्थानमा जित हासिर गरेको छ भने १३ स्थानमा अग्रता कायम गरेको छ । समाजवादी पार्टीले १२ ठाउँमा जित ७ ठाउँमा अग्रता, जनता समाजवादी पार्टीले १५ स्थानमा जित १९ स्थानमा अग्र स्थान र अन्य स्वतन्त्र लगायत अन्य गरेर १९ ठाउँमा जित र १३ ठाउँमा अग्र स्थान र लोकतान्त्रीत समाजवादी पार्टी १ ठाउँमा जित ११ स्थानमा अग्रता कायम गरेको छ ।
उममेयरमा समेत नेपाली कागे्रस २३४ स्थानमा जित ६४ स्थानमा अग्रता, एमालले १७३ स्थानमा जित ६२ स्थानमा अग्रता, माओवादीले १११ स्थानमा जित १५ स्थानमा अग्रता, समाजवादीले १८ स्थानमा जित ३ स्थानमा अग्रता, जनता समाजवादी पार्टीले १५ स्थानमा जित १३ स्थानमा अग्रता, अन्य स्वतन्त्र लगायत अन्य उम्मेवारल १२ ठाउँमा जित ५ठाउँमा अग्रता र लोकतान्त्रिक समाजवादी पाटीले २ ठाउँमा जित ८ ठाउँमा अग्र स्थान कायम गरेको छ ।
उक्त नतिजालाई हेर्न हो भने नेपाली कागे्रस पहिलो पार्टी हुन निश्चत रहेको छ । नेकपा एमालेले २०७४ को निर्वाचनमा उत्कृष्ट नजिता ल्याएकोमा यो निर्वाचनमा भने केही खराब नतिजा ल्याएको छ ।













