१३ श्रावण २०८३, बुधबार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई ७५९६ मतको अग्रता



काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३३ हजार ६५२ मतगणना भएको छ ।

दिउसो १ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५ हजार ४२८ मत पाएका छन् । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ७ हजार ५९६ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत पाएका छन् । हमाल र वडबीच ७ हजार ८३२ मतको अन्तर छ ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार ९८३ मत, एमालेकी कन्दकला रानाले ६ हजार ९६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ८४८ मत पाएका छन् ।