१ कार्तिक २०८३, आइतबार

नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ कर्पोरेट भवनको शिलान्यास



काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा नयाँ कर्पोरेट भवन शिलान्यास गरेको छ । जेठ ६ गते शुक्रवार विहानको ९ः०० वजेको शुभ साईतमा बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा शिलन्यास गरेका हुन ।

नेपाल सरकारको स्वामित्वमा विस १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन (राणा कालिन) कानुन बमोजिम बि.स. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भई उद्योग परिषदबाट समेत बि.स. २००६ सालमा इजाजत प्राप्त यो कम्पनी बि.स.२०१६ सालमा नाम परिवर्तन भई गरेको थियो । सो बेला नेपाल ईन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड र बि.स. २०४८ सालमा नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भएको हो । बिगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वाशीलो र भरपर्दो कम्पनीको रुपमा बीमाका नविनतम सेवाहरु सहित बीमितहरुको सेवा र सन्तुष्टिलाई ध्यान दिई बीमा व्यावसाय प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको छ ।

कम्पनीको काठमाण्डौं महानगरपालिका न्यूरोड र पर्सा स्थित बिरगन्जमा आप्नै भवनमा कार्यालय संचालनमा रहेकोमा बिराटनगर तथा नारायणगढमा रहेका जग्गामा समेत आप्नै भवन बनाउने कम्पनीको योजना रहेको छ ।

कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय समेत ५९ वटा शाखा÷उपशाखा÷सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण स्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पुयाउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।