१३ श्रावण २०८३, बुधबार

धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना, १२ जना घाइते



काठमाडौं । कैलाली जिल्लाको धनगढीबाट अछाम जादै गरेको बस डोटीमा दुर्घटना भएको छ । अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज (जेठ ७ गते) बिहान ५:१५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक घम्भिर घाईते भएका छन् भने ३ जना मध्येम र बाकी ८ जना सामान्य घाइते भएका छन् । घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा २०/२२ जना सवार थिए । बस चालक फरार छन् । बस सडकबाट ७०/८० मिटर तल सेति नदिमा खसेको छ ।