१३ श्रावण २०८३, बुधबार

क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक



काठमाडौं । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ३ १ ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ । क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप “क्रेन बेबी” लन्च गरेको छ ।

यो लाइनअप मा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर, प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन्। यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १००+ उत्पादनहरूका विकल्प प्रदान गर्दछ । क्रेन बेबीका उत्पादनहरू स्तायिलिश, गुणस्तरीय र इको– फ्रेण्ड्ली छन् ।

यस लाइनअप विशिष्ट नायिका; प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराई द्वारा आईएमएस लिटिल स्माइल्स शोरुम, १ दरबार मल, दरबारमार्गमा अनावरण गरिएको थियो । साथै क्रेन भारतका प्रतिनिधिहरू पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए। यस लाइनअप ग्राहकहरूले विभिन्न छुट र उपहारहरूको मजा लिन सक्नेछन् ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइ एम एस लिटल स्माइल दरबारमार्ग स्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन् ।