निर्वाचन अपडेट: देशभर कांग्रेस ३१२ स्थानमा बिजय, एमालेले १९२ स्थानमा जित्दा माओवादी १२० स्थानमा सिमित
काठमाडौं । देश अहिले चुनावी माहोलमा रहेको छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते सम्पन्न भएसँगै हाल अधिकांश स्थानको मत परिणम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ८ प्रतिशत मात्र मतपरिणम आउन मात्र बाँकी रहेको जनाएको हो ।
हालसम्म आएको नतिजामा नेपाली काग्रेसको अग्रता कायम गरेको छ । देशका कयौं पालिमा सत्तापक्षिय गठबन्धनले गर्दा नेकपा एमालेले भने अपेक्षा अनुरुप नजिता ल्याउन सकेको छैन । नेकपा एमालेबाट फुटेको ए समाजवादीका कारण एमालेको भोट काटिए पनि ५ दलिय गठबन्धनसँग एमालेको उक्त नजितालाई दरिलो नै मान्नु पर्ने देखिन्छ ।
पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।
अहिले देशभरको नजिता हेर्दा नेपाली कांग्रेस पहिलो रहेको छ भने नेकपा एमाले र माओवादी क्रमश दोस्रो र तेस्रो रहेका छन् । एमालेबाट छुटिएर अलग भएको ए समाजवादीले भने नराम्रा हार बेहोरेको छ । उक्त पाटी अहिले ५औं स्थानमा रहेको छ ।
देशभर नेपाली कांग्रेसले मेयरमा ३१२ पालिकामा जित हासिल गरेका छ भने १३ स्थानमा आजै अग्र स्थानमा रहेको छ । नेपाली कागे्रसलाई पछ्याउदै नेकपा एमालेले १९२ स्थानमा जित हासिल गर्दा १४ स्थानमा भने अग्रता कायम गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको माओवादीले १२० स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ । ए समाजवादी पार्टीले १७ ठाउँमा जित २ ठाउँमा अग्रता, जनता समाजवादी पार्टीले २८ स्थानमा जित ३ स्थानमा अग्र स्थान र स्वतन्त्र लगायत अन्य गरेर २८ ठाउँमा जित र ३ ठाउँमा अग्र स्थान र लोकतान्त्रीत समाजवादी पार्टी १२ ठाउँमा जित ५ स्थानमा अग्रता कायम गरेको छ ।
उममेयरमा समेत नेपाली कांग्रेस २८९ स्थानमा जित ११ स्थानमा अग्रता, एमालले २१८ स्थानमा जित २० स्थानमा अग्रता, माओवादीले १२५ स्थानमा जित ३ स्थानमा अग्रता, ए समाजवादीले २१ स्थानमा जित २ स्थानमा अग्रता, जनता समाजवादी पार्टीले २९ स्थानमा जित २ स्थानमा अग्रता, अन्य स्वतन्त्र लगायत अन्य उम्मेवारल १८ ठाउँमा जित र लोकतान्त्रिक समाजवादी पाटीले ९ ठाउँमा जित ४ ठाउँमा अग्र स्थान कायम गरेको छ ।
उक्त नतिजालाई हेर्न हो भने नेपाली कांग्रेस पहिलो पार्टी हुन निश्चत रहेको छ । एमालले पनि ५ दलिय गठबन्धनसँगको एक्लो प्रतिस्पर्धी गरी दोस्रो स्थान हासिल गर्नुलाई उत्कृष्ट नतिजा मान्न सकिन्छ । गठबन्धनले सबै भन्दा फाइदा माओवादी लाई भएको देखिएपनि ए समाजवादी भने ओरालो लागेको देखिएको छ ।













