१३ श्रावण २०८३, बुधबार

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई बिजय



काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल गरेका हुन् ।

राइले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा सिमित भएका हुन । दुईजनाबीचको मतान्तर ४ हजार ७ सय ६२ छ । यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन् ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।