१३ श्रावण २०८३, बुधबार

रुपनी गाउँपालिकाले विजय उत्सवका लागि दियो सार्वजनिक बिदा



काठमाडौं । मधेश प्रदेशको सप्तरी जिल्लाको रुपनी गाउँपालिकाले विजय उत्सवको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आवेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था शिक्षण र स्वास्थ्य सस्था समेत बिदा दिइएको हो ।

विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ पालिकाले सर्वाजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।