१२ श्रावण २०८३, मंगलबार

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन



काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ । बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका हुन ।

एमएआरएमा इच्छुक बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुकालागि पनि अनलाइन नै आवेदन दिन सक्छन् । यसका अतिरिक्त उम्मेद्वारहरुले एमएआरएमा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरुको प्रोफाइल आफैं विश्लेषण गरि आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्छन् जसले गर्दा उनीहरुलाई आफूले इच्छाएको प्रबन्धकहरुसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रुपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्छन् ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, “यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पु¥याउन मद्दत गर्नेछ ।” साथै वहाँले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरुलाई मेटलाइफसँग काम गर्न अझ सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरु प्रस्तुत गर्ने आफ्नो प्रतिबद्घतालाई मजबुत बनाएको बताए ।

एमएआरए मेटलाइफ नेपालको डिजिटल बिक्रिमा पहिले देखि नै प्रयोगमा रहेका किप इन् टच एभर, डिस्ट्रिब्युसन एडभान्टेज प्लेटफर्म, तथा लिड्स म्यानेजमेन्ट सिस्टमहरुमा थपिएको हो । यस कागजविहीन सोलुसनले कम्पनीलाई बीमा वितरण प्रतिनिधिहरुको अझ छिटो तथा कुशल भर्ना गराउन सक्षम गर्नेछ ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

मेटलाइफ ईन्क. आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिय, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।