१२ श्रावण २०८३, मंगलबार

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी बोलपत्र बाँडफाँट गरेको छ । कम्पनीले बैशाख १९ गतेदेखि बैशाख २७ गतेसम्म ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

तोकिएको अवधिमा प्राप्त बोलपत्र जेठ ५ गते निष्कासन कर्ता कम्पनी र बिक्री प्रबन्धक प्रतिनिधिहरुको रोहवरमा खोली जेठ ९ गते प्रचलित कानून बमोजिम बाँडफाँट गरेको हो ।

इन्स्योरेन्स कम्पनीले चैत १ गतेदेखि चैत्र २१ गतेसम्म १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । इन्स्योरेन्स कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । अवितरित बाँकी हकप्रद शेयर बिक्री तथा बाँडफाँट पश्चात यो पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

लिलाम बढाबढमा बाँडफाँट नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ १६ गते सोमबारदेखि आवेदकले आफ्नो फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आइपिएस मार्फत रकमान्तर हुने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स कम्पनीको शेयरमा न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन माग गरेको हो ।इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।