१३ श्रावण २०८३, बुधबार

अघिल्लो पटक हुन नसकेको वडामा यसपटक निर्वाचन सम्पन्न भयोः राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको अघिल्लोपटकको निर्वाचनमा हुन नसकेको निर्वाचन यसटपक भएको बताएकी छिन् । संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा ‘पहिलोपटक निर्वाचन हुन नसकेको वडामा समेत यसपटक निर्वाचन सम्पन्न भएको छ । स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ । यस सुखद अवसरमा संसद्का दुवै सदनलाइ सम्बोधन गर्न पाउँदा म खुसी भएको छु ।’

साथै राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको बताईन् । संविधानले तोकेको समयमै स्थानीय निर्वाचन सम्पन्न हुनुले दिगो शान्ति, विकास र सुशासन प्राप्तिका लागि बलियो आधार बनेको समेत राष्ट्रपति भण्डारीको भनाइ छ ।