अब देशैभर सेतो बाघ उपलब्ध
काठमाडौं । नेचुरल स्पिरिट्स, नेपाल एक उत्कृष्ट मदिरा उत्पादक कम्पनी हो । कम्पनीद्वारा उत्पादन गरिएको सारंगी ब्राण्डको ह्वीस्कीले क्रमशः मदिरापारखीहरुको मन जित्दै गैरहेको परिप्रेक्ष्यमा कम्पनीले एक अर्को उत्कृष्ट ब्राण्डको सेतो बाघ भोड्का बजारमा उपलब्ध गराएको हो ।
नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न लालायित ग्राहकहरुलाई लक्षित गरेर कम्पनीले देशको सबै मुख्य पसलहरुमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरु गरेको हो । बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरु भन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको छ। उक्त ब्रन्ड्लाई देशब्यपी बितरण गर्ने क्रममा हालै ¥याडिसन होटल काठमाडौंमा एक भव्य समरोह बिच उक्त ब्रन्डलाई सर्वजिनिकगरियो । उक्त समारोहमा कम्पनीका फाउण्डर चेयरम्यान,चेयरम्यान, सि.इ.ओ तथा नेपाल मदिरा उत्पादक संघका अध्यक्षको उपस्थिती थियो भने अन्य गन्यमान्य व्यक्तिहरु लगायत काठमाण्डौ, ललितपूर र भक्तपुरका ५०० होलसेलरको उपस्थिती रहेको थियो । सार्वजनिकीकरण कार्यक्रममा विभिन्नमनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
कम्पनीका चेयरम्यान अशिम सिटौला ले भन्नु भयो “हामी मदिरा उत्पादन बिक्री वितरण संगसंगै सामाजिक उत्तरदायित्व प्रति पनि त्यत्तिकै जिम्मेवार छौंर हामीदेशमा भएका बाघहरुको संरक्षणमा समेत चासो राखी राम्रो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछु । यस भोड्का को आगमनले भोड्का प्रेमीहरुको वढ्दो चाहनाको पूर्ति गर्नेमा हामी पूर्ण विश्वस्त छौं। यस कार्यक्रममा तपाईहरु सबैले देखाउनू भएको उत्सुकताले हामीलाईनिकटतम् भविष्यमा अरु ब्राण्डहरु ह्वीस्की, रम र बियर पनि बजारमा ल्याउने हौसला प्रदान गरेकोछ ।”
यस भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेको छ, जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जो कोहीलाई प्रत्येक चुस्कीमा पूर्ण संतुष्टि दिन्छ । हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरु हाम्रो कन्चन निर्मल भोड्कामा स्पष्ट देख्न सकिन्छ, जसले यसको समुहमा यसलाई आफ्नै किसिमको हस्तनिर्मित भोड्का बनाएको छ । सेतो बाघ सरस, एवं उत्तम तरिकाले बनाइएको छ, जसको पहिलो चुस्किदेखि अन्तिमसम्म पनि तपाईंलाई उतिकै सन्तुस्टी दिने छ । सेतो बाघ १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध छ ।













