सरकारले ५२ लाख डिम्याट होल्डरको बारे पनि सोच्नुपर्छ: अम्बिका पौडेल
काठमाडौं । नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष तथा चन्द्रागिरि हिल्स, नेपाल टेलिकम र निफ्राका डाइरेक्टर अम्बिका प्रसाद पौडेलले ५२ लाख डिम्याट होल्डरको बारे पनि सोच्च सरकारलाई आग्रह गरेका छन् । लगानीकर्ताको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने भनाइ उनको रहेको छ ।
सामाजिक सञ्जाल मार्फत पौडेलले सबै नीतिले जनतालाई मात्र नोक्सानी हुँदैन सरकारललाई पनि हुँदो रहेछ भन्ने कुरा गत वर्ष भाद्र महिनामा उठेको कर रकम र यही वैसाख महिनामा पूँजी बजारबाट संकलन भएको राजस्व हेरे हुन्छ । फेरि अर्को कुरा पूँजी बजारले दिने राजस्वले न त विदेशी मुद्रा खर्च हुन्छ न कुनै जनताको स्वास्थ्यलाई नै बिगार्छ भनि आफ्नो भनाइ प्रस्तुत गरेका छन् ।
साथै उनले ढीलो नगरी आगामी बजेटमा महासंघले दिएका सुझावलाई सम्बोधन गर्ने पनि सरकारलाई आग्रह गरेका हुन ।













