१२ श्रावण २०८३, मंगलबार

हिमालयन रिइन्स्योरेन्सको नाफा १९ करोड ६४ लाख रुपैयाँ



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको ९ महिनामा चुक्ता पूँजी ७० करोड रुपैयाँ, जगेडा कोष २० करोड ६ लाख रुपैयाँ, बीमा कोष ४८ लाख १९ हजार रुपैयाँ र महाविपत्ती कोष ४ लाख ६० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले खुद बीमाशुल्क ४७ करोड ६६ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, कम्पनीले ९ महिनामा १ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५२ करोड ५९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।