१३ श्रावण २०८३, बुधबार

१ महानगर र ३ उपमहानगर गरी स्थानिय तहमा ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित



काठमाडौं । देशभर एकैचोटी २०७८ बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै नतिजा समेत प्रकाशित भइसकेको छ । यो वर्षको स्थानिय तहको निर्वाचन अरु भन्दा फरक प्रस्तुती देख्न मिलेको छ ।

वर्षौ देखि आफ्नो जग बसाउदै आएका राजनिति दलको क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेसँगै दलहरुलाई ठूलो धक्का लागेको छ । सबैं चासोको क्षेत्रको रुपमा लिएको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको जितले राजनिति क्षेत्र मै तरङग आएको छ । कागे्रस र एमालेको स्थापित क्षेत्रको रुपमा चिनिने महानगरमा स्वतन्त्र उम्मेदवारको अत्याधिक बहुमतको जितले राजनिति दललाई धक्का त लागेको छ नै दल माथि एक ठूलो प्रश्न चिन्ह समेत खडा गरेको छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार धरान उपमहानगरपालिमा हर्कराज राई, धनगढी उपमहानगरपालिकामा गोपाल हमाल र जनकपुरमा मनोजकुमार साहसुडीको जितले राजनिति दलहरुका जनता कतिको सन्तुष्ट छन् भन्ने कुरा प्रष्ट गरेको छ । स्थानिय तहको निर्वाचनमा ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानिय तहको निर्वाचनमा २४ राजनिति दल सहभागि हुदाँ स्वतन्त्र २६६ पुरुष र ११९ महिला निर्वाचित भएका छन् ।

काठमाडौं महानगरपालिकामा बालेन साहले ६१ हजार ७६७ मत, जनकपुर उपमहानगरमा मनोजकुमार साहसुडीले १३ हजार ४६५ मत, धरान उपमहानगरपालिकाान हर्कराज राई २० हजार ८२१ मत र धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित स्वतन्त्रमा प्रमुखमा जिवयी भएका हुन ।

साथै स्वतन्त्रमा उपप्रमुखमा २ जना, उपाध्यक्षमा २ जना, वडा अध्यक्षमा १३६ मत, महिला वडा सदस्यमा ६० जना, दलित महिला वडा सदस्यमा ५५ जना, पुरुष सदस्यमा ११७ जना निर्वाचित भएका छन् ।