१३ श्रावण २०८३, बुधबार

जोमसोमका लागि उडेको विमान लेतेमा दुर्घटनाग्रस्त



काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान दुर्घटना ग्रस्त भएको छ । जेठ १५ गते बिहान पोखराबाट उडेको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका गरिएको हो ।

उक्त विमान लेते भन्ने डाडाँमा दुर्घटना भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको अनुसार घटना भएको भनिएको ठाउँतिर प्रहरीको टोलि पठाइएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । दुर्घटनाको अधिकारी पुष्टि भने भइसेको छैन ।

विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।