१३ श्रावण २०८३, बुधबार

विमान दुर्घटना अपडेट: नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको लेते जादैं



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज भएपछि मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका पछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

अहिलेसम्म विमान दुर्घटना भएको कुनै सूचना प्राप्त भएको छैन । तर, मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ ।

विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।