गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सरकारले बनाउने
काठमाडौं । सरकारले चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शार्माले उक्त रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन आवश्यक बजेट विनियोजन गरिएको जनाएका छन् । साथै सरकारले मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने जनाएको हो ।












