१३ श्रावण २०८३, बुधबार

सरकारले ‘एक स्थानिय तह एक खेल मैदान’ कार्यक्रमलाई निरन्तरता



काठमाडौं । सरकारले एक स्थानिय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन ।

अर्थमन्त्री शर्माले मुलपानीमा निर्माणाधिन क्रिकेट स्टेडियम आगामी वर्ष सम्पन्न हुने समेत जानकारी दिएका छन । किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रीकालीन खेल खेल्न सकिने गरी स्तरोन्नति गर्न बजेट विनियोज गरेको छ । प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्न व्यवस्था गरिएको छ ।