हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा असार २ गते, मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सभा असार २ गते बिहान ११ बजे एयरपोर्ट होटल एयरपोर्ट काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा मर्जरमा जानको लागि विशेष प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको हो । गत बैशाख २३ गते मर्जर प्रक्रिया सुरु भएदेखि नै एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ । साथै कम्पनीले जेठ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले जेठ २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।
यी दुई कम्पनीको मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुँजी हुनेछ । तर नियमक निकाय बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुको चुक्तापूँजी २ अर्ब ५० करोड पुराउन निर्देशन बमोजिम आजै पुगेको छैन ।














