७ श्रावण २०८३, बिहिबार

पत्रकार सम्मेलनमै बजेट सच्याएउँदै अर्थमन्त्री शर्माले भने ‘कृषिलाई फोकस गरेर आयात प्रतिस्थापन नै पहिलो प्रथामिकता’



काठमाडौं । सोमबार बजेट सार्वजनिक भएको भोलीपल्ट अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा एक वाक्य मिष्टेक परेको भन्दै सच्याएका छन् । उनले वार्षिक १० करोडभन्दा बढी विजुली खपत गर्ने उद्योलाई छुट दिने हुनुपर्नेमा मासिक भएकोमा उक्त कुरालाई सच्याईएको जनाकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले बजेटको मुल उदेश्य कृषि उत्पादन बढाई कृषिजन्य आयात प्रतिस्थापन पहिलो प्रथामिकता सरकारको रहेको बताए । आर्थिक वर्षको बजेटमा सरकारले कृषिप्रधान देशमा खाद्यान्न आयातको अवस्थालाई हेर्दा कहाली लाग्दो रहेको भन्दै आधुनिक कृषि, युवा शक्तिलाई श्रममा लगाएर कृषि उत्पादनद्वारा आयात प्रतिस्थापन गर्न बजेटले फोकस गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. विश्व पौडेल बताए । सरकारको योजना नै कृषि उत्पादनमा जोड रहेको बताउँदै बजेट कृषिमुखी भएको बताए ।

संघीय संसद्को दुवै सदनमा आइतबार अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९÷८० प्रस्तुत बजेट प्रश्तुत गरेका थिए । बजेटमाथि पत्रकारसँग छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री शर्मा अर्थ सचिव मधु मरासिनी, राजश्व सचिव कृष्णहरी पुष्कर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. विश्व पौडेलसहितले पत्रकारसँग छलफल गरेका हुन ।

छलफलमा वार्षिक १० करोडभन्दा बढी विजुली खपत गर्ने उद्योलाई छुट दिने हुनुपर्नेमा मासिक भएकोमा उक्त कुरालाई सच्याईएको जनाकारी दिएको छ । आर्थिक वर्षको बजेटमा सरकारले कृषि प्रधान देशमा खाद्यान्न आयातको अवस्थालाई हेर्दा कहाली लाग्दो हरेको आधुनिक कृषि, युवा शक्तिलाई श्रममा लगाएर कृषि उत्पादनद्वारा आयात प्रतिस्थापन गर्न बजेटले फोकस गरेको योजना आयोगको उपाध्यक्ष डा. स्वर्णिम वाग्ले बताए ।

मन्त्री शर्माले बजेट भनेको बाटोमा बजेट पर्याे परेन भन्ने आम बुझाई गलत भएको बताए । आयात प्रतिस्थापनमा केन्द्रीत र बजेट रोजगारी र उत्पादन केन्द्रीत रहेको बताए । मन्त्री शर्माले शिक्षामा आमुल सुधारउन्मुख, ७० प्रतिसत निजी क्षेत्रले उत्पादनलाई प्रोत्साहन, मुख्य टार्गेड सिमेन्ट निर्यातलाई फोकस गर्न छुट, ५ खर्बको लघुवित्त कोषले घर घरमै गएर कर्जा प्रवाह गरेर घरघरमै उद्यम बनाउने र पुर्वाधार निर्माण निजी क्षेत्रलाई दिने कुरा बजेटको सकारात्मक पक्ष रहेका जनाएका छन् ।

त्यस्तै, छलफलमा शर्माले मेडिकल शिक्षा र आईटी अध्यायनको लागी विदेश पठाउने होईन नेपालमै संभव छ । साथै, कपडा उद्योग बन्द गरेर विदेशी कपडा लगाउने परम्पराको अन्त गर्ने, बाहिरबाट आउने बस्तुको भन्सार बढाएर नेपालमा उत्पादन बढाउन प्रोत्साहन र विदेशबाट आउने बस्तु निरूत्सायीमा वजेटको जोड दिएको बताए । उत्पादन बिनाको उपभोग गर्नु हुन्न भन्ने ध्याय बजेटले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्