साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत बोनस शेयर डिम्याट खातामा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले चैत ३० गते सम्पन्न ५५औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
अब यो शेयर सम्बन्धित शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् । कम्पनीको यो शेयर चैत १४ गतेसम्म शेयर कायम गर्ने शेयरधनीहरूले मात्र प्राप्त गरेका हुन् । सो अवधिसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।













