अपि पावरको साढे ४ लाख कित्ता शेयर जेठ १८ गतेदेखि लिलामीमा आउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपि पावरको साढे ४ लाख कित्ता शेयर जेठ १८ गतेदेखि लिलामीमा आउने



काठमाडौं । अपि पावरको बुधबार जेठ १८ गतेबाट सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयर लिलामीमा खुला गर्ने लागेको जनाएको हो ।

उक्त शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता (३९.३६%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । शेयर खरिद गर्ने चाहने जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौंबाट जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसैगरी, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । अवितरित हकप्रद शेयर समेत बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्