बीमा समितिले भाग खोसेपछि नेपाल रिले १९ निर्जीवन बीमा कम्पनीका सीईओलाई माल्दिभ्स लग्यो, को-को छन् सहभागी ?
काठमाडौं । १ महिनाअघि बीमा समितिले नेपाल पुर्नबीमा कम्पनीले पाउँदै आएको पुर्नबीमाको भाग आधा खोसेर निजी कम्पनीको हिमालयन रिलाई दिएको छ । कुनै अध्ययन बिना हचुवाको भरमा आफ्नो व्यापार खोसेपछि नेपाल पुर्नबीमाले १९ ओटा निर्जीवन बीमा कम्पनीका सीईओलाई मालदिभ्समा लगेको हो ।
नेपालमा सञ्चालित १९ वटा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माल्दिभ्स उडेको सहभागी एक सीईओले एरपोर्टबाटै अर्थपथलाई बताए । उनका अनुसार नेपालमा रि इन्स्योरेन्सको काम गर्दै आएको भारतिय पुर्नबीमा ब्रोकर जेबी बोडाको समेत आयोजनामा हुने पुर्नबीमा संबन्धी सेमिनारमा बीमा समितीका अध्यक्ष सुर्यप्रसाद शिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल सहभागी भएका छन् ।
बीमा कम्पनीका सीईओसहितको टोली भोलि बुधबारदेखि शुक्रबार ३ दिनसम्म सञ्चालन हुने पुनर्बीमा सम्वन्धि सेमिनारका लागि मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट माल्दिभ्स उडेका हुन् ।













