१३ श्रावण २०८३, बुधबार

आफ्नै भाउजुलाई पेट्रोल छर्की आगो लगाइ हत्या गरेको आरोप एक जना पक्राउ



काठमाडौं । आफ्नै भाउजु पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा एक जना ब्यक्ति पक्राउ परेका छन् । २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा बोदेबरसाईन नगरपालिका–१ धनगडी बस्ने प्रमेश्वर साह पक्राउ परेका हुन ।

माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्की आगो लगाई हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।