सिभिल बैंकको डेपुटी सीईओमा रायमाझी नियुक्त, २१ वर्षे बैंकिङ अनुभव - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सिभिल बैंकको डेपुटी सीईओमा रायमाझी नियुक्त, २१ वर्षे बैंकिङ अनुभव



काठमाडौं । सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । सिभिल बैंकको सोमबार बसेको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सिभिल बैंकमा १ वर्षदेखी डेपुटी सीईओ खाली रहेको थियो ।

विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका रायमाझीसँग २१ वर्षे बैंकिङ अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको सहायक निर्देशकबाट बैंकिङ्ग सेवा सुरु गरेका रायमाझी एनबी बैंकमा आएको समस्या समाधान गर्न राष्ट्र बैंकको तर्फबाट व्यावस्थापक टिममा रहेर काम गरेका थिए ।

राष्ट्र बैंकमा ७ वर्ष काम गरेर मेगा बैंकमा हेड रिक्स एण्ड कम्प्लायन्स अफिसरको रुपमा प्रवेस गरेका उनी प्रभु बैंकको चिफ अपरेटिङ अफिसर भएर २ वर्ष काम गरे ।

प्रभुमै हुँदा तत्कालिन ग्राण्ड बैंक अक्वायरको बखत समस्या पहिचान र निराकरणको लागी केही समय काम गरेका उनी प्रभुबाट सिभिल बैंक पुगेका हुन ।

Tags :

प्रतिक्रिया दिनुहोस्