१२ श्रावण २०८३, मंगलबार

शिखर इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले आगामी चैत मसान्तसम्म बिमा समितिले तोके बमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि हाललाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको जानकारी हो ।

आगामी दिनमा कम्पनीको पुँजी पर्याप्तता कायम हुने÷नहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने तथा अन्य कम्पनीलाई मर्ज वा एक्वायर गर्नुपर्ने वातारण सिर्जना भएमा सोही बमोजिम निर्णय गर्नु उचित हुने भएकाले शिखरले हाललाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले हालैमात्र ३०% हकप्रद बिक्री गरी चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ पुर्याएको छ ।