७ श्रावण २०८३, बिहिबार

दराज नेपालले रकम फिर्ता नगरेको भन्दै वाणिज्य विभागमा निवेदन



काठमाडौं । दराज इकमर्स प्लेटफर्म दराज नेपालले रकम फिर्ता नगरेको भन्दै टक्सार आर्थिक म्यागजिन मिडियाका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी वाणिज्य विभागमा निवेदन दिएका छन् ।

उनले मिस्क्सर ग्राइन्डर सेट अर्डर गरेकोमा उक्त उत्पादन मेसिन अनुकूल नभएका कारण जेठ ३ गते कै दिन दराजले पठाएको प्याकको एउटा कागजको टुक्रासमेत नराखी फिर्ता गरेको थिए । समान पठाएको लामो समय पछि समेत पैसा फिर्ता नगरेपछि जेठ ११ गतेका दिन इमेल गर्दा दराजका तर्फबाट इमेल पठाइ जेठ १८ गतेसम्म पैसा फिर्ता गर्ने भनेकोमा आजसम्म पैसा फिर्ता नगरी ठगी गरिएको गजेन्द्रले बताए ।

कम्पनीको नियामानुसार ७२ घण्टाभित्र रकम फिर्ता गर्ने भन्ने नियमसमेत उल्लंघन गरि, ठगी गरेको भन्दै उनले दराज नेपालमाथि उपभोक्ता संरक्षण ऐन– २०७५ को दफा १४ , १८ र ३६ बमोजिम आवश्यक कारबाही गरिपाउँ भनी वाणिज्य विभागमा निवेदन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्