१२ श्रावण २०८३, मंगलबार

नेको इन्स्योरेन्स २७ बर्षमा प्रवेशः थोरै तर निरन्तर लाभांश बाँड्दै, टप फाइभभित्र पोजिशन राख्न सफल



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड २६ बर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । २०५३ जेठ १७ गतेदेखि निर्जीवन बीमा व्यवसाय शुरु गरेको कम्पनी २७ औँ बर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्स कम्पनीले २७ औँ बर्ष प्रवेशका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । कम्पनी ऐन २०२१ अनुसार २०५१ पौष ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको नेको इन्स्योरेन्स बीमा समितिबाट निर्जीवन बीमा व्यवसाय गर्न अनुमति पाएको थियो ।

बीमा बजारमा अग्रणी कम्पनीका रुपमा स्थापित नेकोले नयाँ–नयाँ इनोभेटिभ प्रोडक्ट बिक्री ल्याउँदै आएको छ । साथै यसअवधिमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गरिरहेको छ ।

प्रमोटर शेयरलगानीकर्ताको ३ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार शुरु भएको कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ५२ रोड १६ लाख ३४ हजार रुपैयाँ, जगेडा कोष ६२ करोड २२ लाख ५१ हजार रुपैयाँ र बीमा कोष १ अर्ब २७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मा इन्स्योरेन्सले ३४ करोड २६ लाख ४० हजार रुपैयाँ, खुद बीमा शुल्क आर्जन १ अर्ब ३७ करोड ६३ लाख ७७ हजार रुपैयाँ, खुद दावी भुक्तानी ६० करोड ८३ लाख २१ हजार रुपैयाँ, कुल बीमाशुल्क २ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

२०५१ सालमा कम्पनी दर्ता गरेको भएपनि २ वर्षको प्रयासपछि बीमा समितिबाट अनुमति पाएको थियो । नेको इन्स्योरेन्समा गैर आवासीय नेपाली तथा स्वदेशी व्यवसायी समूहको लगानी रहेको छ । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अशोक कुमार खड्का र सञ्चालक समितिको अध्यक्षमा रोहित कुमार भट्टराई रहेका छन् । झण्डै ३ दशक लामो निर्जीवन व्यवसाय गरिरहेको कम्पनी नेपाली बीमा बजारमा आफ्नो स्थानलाई अब्बल बनाईरहेको छ । हालपनि नेको इन्स्योरेन्सका अधिकांश सूचकहरुलाई अन्य निर्जीवन बीमा कम्पनीहरुसँग दाज्ने हो भने टफ ५ कम्पनी भित्रमा पर्छ ।

इन्स्योरेन्स कम्पनीमा एस.एस विनायक प्रालिको ५१ हजार ५१६ कित्ता, राष्ट्रिय वाणिज्य बैंकको २२ लाख ८२ हजार ४४८ कित्ता र कृषि विकास बैंकको ५ लाख ८ हजार १४५ कित्ता शेयर स्वामित्व रहेको छ ।

इन्स्योरेन्स कम्पनीले हालसम्म १२१.७१ प्रतिशत बोनस शेयर र १४.३ प्रतिशत नगद गरी कूल १३६.०१ प्रतिशत लाभांश वितरण गरेको छ ।

कुन आर्थिक बर्ष कति लाभांश वितरण गर्याे ?

१.आर्थिक बर्ष २०६६–६७ मा इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने नगद लाभांश वितरण गरेको थिएन ।

२.आर्थिक वर्ष २०६७–६८ मा इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३.आर्थिक वर्ष २०६८–६९ मा इन्स्योरेन्स कम्पनीले ११.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६१ प्रतिशत नगद गरी कूल १२.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४.आर्थिक वर्ष २०७०–७१ मा इन्स्योरेन्स कम्पनीले १२.७१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६७ प्रतिशत नगद गरी कूल १३.३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५.आर्थिक वर्ष २०७१–७२ मा इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६.आर्थिक वर्ष २०७२–७३ मा इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७.आर्थिक वर्ष २०७३–७४ मा इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८.आर्थिक वर्ष २०७४–७५ मा इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९.आर्थिक वर्ष २०७५–७६ मा इन्स्योरेन्स कम्पनीले ८.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने बोन शेयर लाभांश वितरण गरेको थिए ।

१०.आर्थिक वर्ष २०७६–७७ मा इन्स्योरेन्स कम्पनीले १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

११.आर्थिक बर्ष २०७७–७८ मा इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।