एनआईबिएल सहभागिता फण्डको आकार वृद्धि गर्दै १ अर्ब रुपैयाँ पुग्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईबिएल सहभागिता फण्डको आकार वृद्धि गर्दै १ अर्ब रुपैयाँ पुग्यो



काठमाडौं । एनआईबिएल सहभागिता फण्डको आकार वृद्धि गरिएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाको आकार वृद्धि गरिएको हो ।

जेठ १७ गतेदेखि लागु हुनेगरी कोष ५० अर्ब रुपैयाँ थप गरिएको हो । यसअघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार ५० करोड रुपैयाँ अर्थात ५ करोड इकाई रहेकोमा जेष्ठ १७ गतेका दिनदेखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए अनुरुप सो आकार वृद्धि गरी १ अर्ब रुपैयाँ अर्थात १० करोड इकाई कायम गरिएको छ ।

योजनाको इकाईहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरकका कार्यालयहरु र अनलाईन मार्फत गर्न सकिने छ । साथै योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि सोहि कार्यालयहरुमा सम्पर्क गर्नहुन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्