आरआर नेविसंघले विश्व वातावरण दिवसको अवसरमा सरसफाइ
काठमाडौं । नेपाल विद्यार्थी संघ रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर)ले क्याम्पस परिसरमा सरसफाइ गरेको छ । विश्व वातावरण दिवसको अवसरमा नेविसंघ इकाइले क्याम्पसमा सरसफाइ गरेको हो ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।
साथै, नेविसंघले आरआर इकाईले विद्यार्थीहरुको समस्यालाई समाधान गर्नेका लागि सम्बन्धीत पक्षलाई आवाज उठाउने देखि विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आइरहेको छ ।

















