अम्बे स्टिल्समा थप १७.५ मेगावाट बिजुली जडान
काठमाडौं । अम्बे स्टिल्सको नयाँ उद्योगमा थप विद्युत जडान गरिएको छ । बाँकेमा रहेको अम्बे स्टिललाई नेपाल विद्युत प्राधिकरणले १७.५ मेगावाट बिजुली उपलब्ध गराएको हो । उद्योगले यसअघि ८ मेगाबाट बिजुली पाउँदै गरेकोमा अब १७.५ मेगावट बिजुली थपेको हो ।
उद्योगलाई ३५ मेगावाट बिजुली आवश्यक रहेको भएपनि २५.५ मेगाबाट बिजुली उपलब्ध गराएको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए ।












