लक्ष्मी क्यापिटल मार्केटले “ एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९ ” निष्काशनका गर्ने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लक्ष्मी क्यापिटल मार्केटले “ एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९ ” निष्काशनका गर्ने



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँ बराबरको “एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९ ” निष्काशन तथा बिक्रीप्रबन्ध गर्न भएको छ । मार्केटले उक्त ऋणपत्र निष्काशनका लागि जेठ २० गते सम्झौता गरेको हो ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन । बैंकले “एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९”जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५०% दरले ब्याज त्रैमासिक रुपमा भुक्तानी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्