नेको इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । नेको इन्स्योरेन्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ३० गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
इन्स्योरेन्सको चैत ९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको हो ।
फागुन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धी हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । साथै, मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।













