स्रोत नखुलेको ३ करोड ८९ लाख रकम सहित ५ जना ब्यक्ति प्रक्राउ
काठमाडौं । स्रोत नखुलेको रकम सहित ५ जना ब्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको हो । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित ४ जना चिनियाँ र १ जना नेपाली नागरिकलाई प्रहरीले प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक सहित ५ जनालाई रहेको प्रहरीले जनाएको छ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो ।
उक्त विषय सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












