१२ श्रावण २०८३, मंगलबार

रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न, पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको सभा लिसरा ब्यांक्वेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले आईपीओ निष्कासन पश्चात कायम चुक्ता पूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनी सर्वसाधारणमा ६० रुपैयाँ लाख कित्ता आईपीओ जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ ,

साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको हो ।