नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच कुन बलियो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच कुन बलियो ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । मेगा बैंकलाई मर्जर गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले ठूलो प्रयास गरिरहेको छ । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि यतिबेला इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरका लागि छलफल गरिरहेको छ ।

बैंकहरु यति बेला मर्जरको लागी दौडधुप गरिरहेको छन् । यसैबीच मर्जरको हल्ला चलाएका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच कुन सूचकमा कति बलियो रहेका छन् त ? यहाा दुवै बैंकबीचको तुलना गर्न कोसिस गरिएको छ ।

चालु आर्थिक बर्ष २०७८–७९ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि रहेको छ भने मेगा बैंक केही सूचकमा अगाडि रहेको छ । एनआईबिएल बैंक र मेगा बैंक १ः१ स्वाप रेसियो वा १ः०.९ स्वाप रेसियो कतिमा मर्ज हुने भन्नेमा अहिले सम्म टुंगो लागेको छैन् । तर मेगा बैंक भन्दा नेपाल इन्भेष्टमेन्ट बैंक अधिकांस सूचकमा बलियो भएकाले १ः०.९ अनुपातमा मेगालाई मर्ज गराउने तयारी रहेको छ ।

चुक्ता पूँजी
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोष
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको जगेडा कोष १४ अर्ब ८२ करोड ३६ लाख २ हजार रुपैयाँ र मेगा बैंकको ५ अर्ब ९१ करोड ६५ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

लोन (कर्जा)
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब ४५ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

डिपोजिट (निक्षेप)
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको निक्षेप १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको छ ।

कूल सम्पत्ति
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको कूल सम्पत्ति २ खर्ब ३७ अर्ब ७२ करोड ३० लाख ९ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको कूल सम्पत्ति २ खर्ब ७ अर्ब १४ करोड ९४ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको ३ अर्ब ९५ करोड ७५ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

सञ्चालन नाफा
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको सञ्चालन नाफा ३ अर्ब ६२ करोड ५९ लाख १३ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब ९९ करोड ९२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

खुद नाफा
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको खुद नाफा २ अर्ब ४७ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब १ करोड ४५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

वितरणयोग्य नाफा
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको वितरणयोग्य नाफा ४५ करोड २२ लाख २६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको वितरणयोग्य नाफा ९६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी (ईपीएस)
एनआईबिएल बैंकको ईपीएस १८.०४ रुपैयाँ रहेको छ भने मेगा बैंकको १६.६६ रुपैयाँ रहेको छ ।

शाखा–एटिएम
एनआईबिएल बैंकको शाखा ८८ वटा र एटिएम १३१ वटा रहेका छन् भने मेगा बैंकको शाखा २२८ वटा र एटिएम ४० वटा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्