एस एम इन्भेष्टमेन्टको साधारण सभा असार १९ गते, के के छन् एजेण्डा ?
काठमाडौं । एस एम इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा असार १९ गतेका लागि बोलाएको छ । जेठ २५ गते बसेको संचालक समितिको बैठकले सभा एमसी डोनाल्ड ब्यांकेट एण्ड रेष्टुरेन्ट, मिड बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६।०७७ र २०७७।०७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।७९ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, आर्थिक वर्ष २०७६।०७७ र २०७७।०७८ को साधारण सभा पारित गर्ने र संचालक समिति गठन गर्ने समेत सभाको कार्य सूचीमा समावेश गरेको छ ।













