१२ श्रावण २०८३, मंगलबार

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कबि राज अधिकारी नियुक्त



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा कबि राज अधिकारी नियुक्त भएका छन् । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै स्वतन्त्र संचालक नियुक्त गरेको जनाएको हो ।

इन्स्योरेन्सको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीलाई कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३ को उपदफा (३) बमोजिम स्वतन्त्र संचालक नियुक्त गरेको हो ।