सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम” सम्पन्न
बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” सम्पन्न भएको छ , इन्स्योरेन्स कम्पनीको आयाृजनामा भएको कार्यक्रममा २ सय जनाभन्दा बढी आभिकर्ताहरुको हिभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो । प्रदेश प्रमुख, किरण गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए ।
सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गरेका थिए । साथै सीइर्एओ खड्काले उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका दिए । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने उनले बताए ।
अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको उनले बताए । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको उनले जानकारी पनि गराए । कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरेका थिए ।













