आजदेखि एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता शेयर बिक्रीमा, आवेदन कसरी दिने ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजदेखि एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता शेयर बिक्रीमा, आवेदन कसरी दिने ?



काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आज (असार ५ गते, आइतबार) देखि बिक्री गरिएको छ । कम्पनीले संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बिक्री गरेको हो ।

कम्पनीले २०७८ साल साउन ५ गतेदेखि २०७८ साल भदौ ८ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा संस्थापक समुहको ३ करोड ३० लाख कित्ता शेयरको लागि आवेदन नपरेकाले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरेको हो ।

कम्पनीले बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको शेयर खरिद गर्दै शेयरधनीहरु समूह ‘क’ को उप–समूह ‘क–२’ अन्तर्गतको ‘अन्य संस्थापक’ उप–समूहमा रहनेछन् । उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएपश्चात् ‘एचआईडीसिएलपी’ संकेतमा कारोबार गर्न योग्य हुनेछ । प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेप्से मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत ‘क’ को उप–समूह ‘क–२’ अन्तर्गतको ‘अन्य संस्थापक’ उप–समूहमा नै रहनेछ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको उक्त शेयरमा असार ५ गतेदेखि असार १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको उक्र शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको उक्त शेयरको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयलहरु क्रमशः विर्तामोड, हनुमानदास रोड, विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौडा, नारायाणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बागलुङ्ग, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट बोलपत्र पेश गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्