१२ श्रावण २०८३, मंगलबार

आइएमई जनरल इन्स्योरेन्स र स्टीम सेन्टरबिच छुट सम्बन्धि सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टीम सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एसटिइएमका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका हुन ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई स्टीम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैःPathology Test, Radiology Test, Pharmacy, Dental Ophthalmological products मा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टीम सेन्टर बाट प्राप्त हुने प्याथोलोजिको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी सेन्टलको ३७ भन्दा बढी टेस्ट लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्णहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले एसटिइएम सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।