७ श्रावण २०८३, बिहिबार

मोरङ व्यापारी संघ र उद्योग संगठन मोरङले बाढी पीडितहरु राहत सामाग्री हस्तान्तरण



काठमाडौं । मोरङ ब्यापार संघले बाढी पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । बिहीबार आएको अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित बनेका थिए ।

बर्षाबाट प्रभावित सर्वसाधारण एवं बाढी पीडितहरुका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट मार्फत वितरण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको तर्फबाट राहत सामग्रीहरु, चाउचाउ ३५ कार्टुन, विस्कुट ११ कार्टुन, भुजा १०० बोरा, चिउरा २० बोरा र पानी ३५ कार्टुन उपलब्ध गराईएको छ ।

संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दड र का.का.सदस्य गोपाल अग्रवाल लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाज्यूलाई उक्त राहत सामग्रीहरु हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्