बैंकहरुको निक्षेप बढ्दा कर्जा ९ अर्ब रुपैयाँ घट्यो, सीडी रेसियो ८९.४२ प्रतिशत कायम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकहरुको निक्षेप बढ्दा कर्जा ९ अर्ब रुपैयाँ घट्यो, सीडी रेसियो ८९.४२ प्रतिशत कायम



काठमाडौं । चालु आर्थिक बर्षको अन्त्यतिर बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन बढ्दै गएको छ । नेपाल बैंकर्स एशोसिएसनका अनुसार असार महिनामा निक्षेप संकलन बढेको हो ।

पछिल्लो तथ्याङ्क अनुसार बैंकिङ्ग प्रणालीमा ३४ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । बैंकहरुले असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर एक साता अर्थात असार १७ गतेसम्ममा ३४ अर्ब बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

त्यस्तै, असार महिनामा मात्रै बैंकहरुको ३२ अर्ब रुपैयाँ निक्षेप बढेको हो । यसअघि वाणिज्य बैंकहरुसँग जेष्ठ मसान्तसम्ममा ४४ खर्ब रुपैयाँ निक्षेप रहेको थियो । १७ दिनको अवधिमा बैंकहरुको निक्षेप बढेको हो ।

यता वाणिज्य बैंकहरुले कर्जा प्रवाह भने एक साताको अवधिमा २ अर्ब रुपैयाँ मात्रै गरेका छन् । असार १० गतेसम्म ४१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असार १७ गतेसम्ममा २ अर्ब बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, असार महिना लागेपछि ९ अर्ब रुपैयाँ कर्जा घटेको छ । यसअघि जेष्ठ मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असार १७ गतेसम्ममा ९ अर्ब घटेर ४१ खर्ब ८४ अर्ब रुपैयाँमा झरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८९.४२ प्रतिशत कायम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्