७ श्रावण २०८३, बिहिबार

नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्य समिति गठन



काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा असार १७ गते काठमाडौंको नक्साल स्थित मेरिएट होटलमा सम्पन्न भएको छ । १८औं सभाको मुख्य विषयवस्तु “ENHANCEˮ रहेको थियो ।

निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरिएको थियो जसमा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य र तीन वटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गर्नु रहेको थियो । यसैगरी कार्यव्रmमहरुलाई परिष्कृत गर्दै मान्यता सिर्जना मार्फत सदस्यहरुको सन्तुष्टी अभिवृद्धि गरी टीमको बलबाट सन् २०२५ को लक्ष्य प्राप्ति गरेको छ ।

उक्त कार्यव्रमको उद्घाटन माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले गरेका थिए । उक्त कार्यव्रmममा मुख्य अतिथी प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै सो अवसरमा नयाँ राष्ट्रिय परिषदको समेत गठन गरिएको हो ।
१. रितेश लामिछाने – अध्यक्ष
२. उदीप श्रेष्ठ – निवर्तमान अध्यक्ष
३. सहारा जोशी – प्रथम उपाध्यक्ष
४. कुशल सुन्दर श्रेष्ठ – द्वितीय उपाध्यक्ष
५. निभिता प्रधान – महिला उपाध्यक्ष
६. सुदिप घिमिरे– कार्यकारी सदस्य
७. ऋचा श्रेष्ठ – कार्यकारी सदस्य
८. कृष्ण सापकोटा – कार्यकारी सदस्य
९. पवित्रा गौतम – कार्यकारी सदस्य
१०. आभुषण ज्योति कंसाकार – कार्यकारी सदस्य
११. पुनित बैद्य – कार्यकारी सदस्य

सो अवसरमा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरु प्रस्तुत गरिएको थियो । नव निर्वाचित अध्यक्ष रितेश लामिछानेले सन् २०२२–२३ को लागि आफ्ना बिचारहरु राख्नु भयो र यस वर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौँमा बृहत MADE IN NEPAL प्रदर्शनी गर्ने प्रतिबध्धता जनाए । साथै अन्य सदस्यहरुले युवाहरु माझ उद्यमशीलतामा जोड दिदै मञ्चको मूल्य मान्यता अनुसार लक्ष्य प्राप्तिमा एकवद्ध भएर अगाडि बढ्ने अठोट व्यक्त गरे ।

एन.वाई.ई.एफ.ले आफ्नो मुख्य चासोलाई बढावा दिदैं सकारात्मक सोच र सफल देश नेपाललाई निरन्तर अगाडि बढाउने छ र युवा तथा युवा उद्यमीहरुका लागि उदाहरणीय रुपमा कार्य गरी अगाडि बढ्ने प्रयास गरिरहने छ । एन.वाई.ई.एफ.ले निरन्तर रुपमा युवा उद्यमीहरुलाई विभिन्न कार्यव्रमहरुका मार्फत सहयोग गरिरहेको छ जसमा महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्व कप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिङ्ग जस्ता कार्यव्रमहरु आयोजना भएका थिए ।

नयाँ कार्य समितिले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवद्र्धनमा जोड दिने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्