फेरी ओरालो लाग्यो शेयर बजार, कारोबार १ अर्ब ८० करोडमा खुम्चिदा १२ उपसूचक राताम्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फेरी ओरालो लाग्यो शेयर बजार, कारोबार १ अर्ब ८० करोडमा खुम्चिदा १२ उपसूचक राताम्य



काठमाडौं । शेयर बजार फेरी ओरालो लागेको छ । शेयर बजारमा कहिल्यै उचालिने कहिल्यै भारी गिरावट आउने उताप चडाव कायम नै रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै अब हुने अर्थमन्त्रीको पूँजी बजार सम्बन्धी धारणले गर्दा समेत शेयर बजारमा केही नकरात्मक दिसा तिर गइरहेको आंकलन विज्ञहरुले गरेका छन् ।

२ दिन अगाडि ४ अर्ब भन्दा माथि गएको कारोबार आज फेरी खुम्चिएको छ । अर्थमन्त्री परिवर्तनका कारणले पनि लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था रहेको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६० अकंले घटेर २०२७.३२ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३३ अकंले बढेर २०४३.९२ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ रुपैयाँको कारेबार भएको थियो ।

शेयर बजार घट्दा आज १२ उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.६३ प्रतिशत, ब्यापार समूहको १.११ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, हाइड्रोपावर समूहको ०.६७ प्रतिशत, फाइनान्स समूहको ०.४९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.४१ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.८३ प्रतिशत, अन्य समूहको १.४३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.८४ प्रतिशत, जीवन बीमा समूहको १ं.१३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.७९ प्रतिशतले शेयर मूल्य घटेको हो । त्यस्तै, म्युचुअल फण्ड समूहको भने ०.६६ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्