१५ श्रावण २०८३, शुक्रबार

कर्मचारी समायोजनमा कुरा नमिलेपछि हिमालयन-सिभिल एमोयू सर्यो, अब कहिले हुन्छ ?



काठमाडौं । मंगलबार साँझ स्पाप रेस्यो टुङ्ग्याएर शुक्रबारलाई एमओयूको तयारी गरेका हिमालयन बैंक र सिभिल बैंकको मर्जर अनिष्चय बनेको छ ।

बोर्ड लेवलमा स्वाप रेस्योबारे कुरा मिलेपनि कर्मचारी समायोजनमा अझै कुरा नमिलेको कारण मर्जर लम्बिएको हो । हिमालयन बैंकले आफ्नो ८१ कित्ता सेयर बराबर सिभिलको सय कित्ता हुनेगरी अक्वायर गर्न तयार भएको थियो ।

एमओयूको अघिल्लो दिन बिहीबार साँझ दुई बैंकको मर्जरमा खटपट सुरु भएको हो । हिमालयन बैंकले सिभिल बैंकका हालका सीईओ शुनिल पोखरेललाई डेपुटी सीईओ मान्न तयार भएपनि अन्य कर्मचारीको हकमा नविल एनबीको झै १ तह घटाएर कर्मचारी मिलना गर्न प्रश्ताव गरेपछि मर्जरमा ब्रेक लागेको हो ।

कर्मचारीको सम्मानजनक समायोजनको स्पष्ट खाका नआई मर्जरमा जान नहुने भन्दै सीईओ पोखरेलले संचालक समितिलाई कन्भिन्स गराएका थिए । असार मसान्तको लागी अझै ७ दिन बाँकी रहेकाले हतारमा सम्झौता नगर्ने सिभिल बैंकले जनाएपछि आफ १ बजेको लागी बुक गरिएको होटल सोल्टीको हल पनि क्यान्सिल भएको छ ।

शुक्रबार एमओयू नहुने पक्का भएको सिभिल बैंकका एक बरिष्ठ अधिकारीले अर्थपथलाई बताए । ‘हामी मर्जरमा जान तयार छौं तर कर्मचारीको सम्मानजनक समायोजनको स्पष्ट खाका आएन ।’ हाल सिभिल बैंकको क्यापिटल ९ अर्व छ भने हिमालयनको १२ अर्व रहेको छ । मर्जपछि करिव २० अर्वको बैंक बन्नेछ ।