एनबीलाई गाभेर नविल बैंकले गर्याे एकिकृत काराेबार, अर्थतन्त्रबारे आत्तिनुपर्दैन: बैरागी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनबीलाई गाभेर नविल बैंकले गर्याे एकिकृत काराेबार, अर्थतन्त्रबारे आत्तिनुपर्दैन: बैरागी



काठमाडाैं । नेपाल बंगलादेश बैकलाई अक्वायर गर्दै नबिल बैंकले आज एकिकृत काराेबार सुरू गरेकाे छ । साेमबार राजधानीकाे हायत हाेटलमा एक भब्य कार्यक्रम गरी एकिकृत काराेबार गरेकाे हाे ।

एकिकृत काराेबार समाराेहमा नियमनकारी निकाय नेेेेपाल राष्ट्र बैंकबाट काेही प्रतिनिधी सहभागी भएनन् । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागीले एकिकृत काराेबारकाे शुभासम्भ गरे ।

काराेबार शुभारम्भ गर्दै मुख्यसचिव बैरागीले अर्थतन्त्र खराब भयाे भनेर बजारमा अनेक हल्ला चलाइए पनि आत्तिहाल्नुपर्ने अवस्था नभएकाे बताए । बैरागीले अर्थतन्त्र सवल भए मात्र सबैकाे माग संबाेधन हुने बताए ।

बैरागीले आयातकाे डरलाग्दाे अवस्थामा न्युनिकरणमा ध्यान दिन सबैपक्षलाई आग्रह गरे । २८ वर्षअघि स्थापित एनबी बैंक र ३८ वर्षअघि स्थापित निजी क्षेत्रकाे पहिलाे नविल बैंकविच मर्जर भएकाे हाे ।

कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र पाैडेल, सीएनआईका अध्यक्ष विष्णु अग्रवाल, नेपाल चेम्वर्स अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल, नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्याय, सिविफिनका अध्यक्ष पवन गाेल्यान र नविल बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानालगायतले बाेलेका थिए ।


प्रतिक्रिया दिनुहोस्